मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलमा भोलि यी चार टिमबीच भिडन्त हुने, शिखर धवन पनि टियू मैदानमा उत्रिने

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुने भएका छन् ।  सोमबार बिहान ९ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच भिडन्त हुने भएको हो । 

काठमाडौँ गुर्खाजका कप्तान करण केसी हुन भने चितवन राइनोजका कप्तान कुशल मल्ल हुन् । त्यस्तै सोमबार दिउँसो १ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेल हुने भएको छ ।  

कर्णाली याक्सका कप्तान सोमपाल कामी हुन् भने जनकपुर बोल्ट्सका कप्तान अनिल शाह हुन् । एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्सले जित हात पारेको छ । शनिबार भएको खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको जित हात परेको हो ।

चर्चित खेलाडी शिखर धवन पनि टियू मैदानमा उत्रिने 

चर्चित खेलाडी शिखर धवन पनि भोली टियू मैदानमा उत्रिने छन् । उनी कर्णाली याक्सबाट खेल्नेछन् । शनिबार धवन एनपीएलको उद्घाटन समारोहका लागि त्रिवि क्रिकेट मैदानमा पुगेका थिए । मैदानमा पुग्दा दर्शकहरुले उनलाई उत्साहका साथ स्वागत गरेका थिए । 

कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको छ । ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन्  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार