मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलमा आज दुई खेल हुने, काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच भिडन्त 

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुने भएका छन् ।  आज बिहान ९ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच भिडन्त हुने भएको हो । 

काठमाडौँ गुर्खाजका कप्तान करण केसी हुन भने चितवन राइनोजका कप्तान कुशल मल्ल हुन् । त्यस्तै सोमबार दिउँसो १ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेल हुने भएको छ ।

 कर्णाली याक्सका कप्तान सोमपाल कामी हुन् भने जनकपुर बोल्ट्सका कप्तान अनिल शाह हुन् । एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्सले जित हात पारेको छ । शनिबार भएको खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको जित हात परेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार