काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८२ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेले । उनले अविजित ५७ रन बनाए । उनले केवल २४ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे ।