सोमवार, श्रावण २५ गते २०८३

पुस १३ गते त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यस वर्ष (५० औँ वर्ष) अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको हो । 

दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उक्त समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । 

समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार