मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैँछन् ?

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । प्रतियोगितामा जनकपुरले यसअघि लगातार दुई खेलमा जित हासिल गरको छ भने पोखराले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । 

त्यस्तै काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल हुदै छ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने काठमाडौँ गुर्खाजले २ खेलमा एक जित हासिल गरेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार