काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले टस जितेको छ । टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजेका हुन् ।
कर्णालीले फिल्डिङ रोजेसँगै चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ । यसअघि यी दुवै टोलीले २-२ खेल खेलिसकेका छन् । चितवनले दुवै खेलमा जीत निकालेको छ भने कर्णालीले दुवैमा पराजय व्यहोरेको छ ।
चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै चितवनले पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जीत निकालेको थियो ।