काठमाडौँ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको छ ।
पहिलो दिन फिल्मले ठूलो पर्दामा ल्याएको सुनामीका करण बलिवुडका अहिलेसम्मका सबै रेकर्ड ध्वस्त भएका छन् । ‘पुष्पा २’ ले पहिलो दिनमै भारतीय बक्स अफिसमा १७५ करोड कमाई गरेको छ ।
सुकुमार निर्देशित ‘पुष्पा २’ ले साउथ सिनेमामा मात्रै नभई देशकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्मको कीर्तिमान बनाएको छ ।