आइतवार, श्रावण २४ गते २०८३

नेपालीको बाँनी : अघिपछि कांग्रेस-एमालेलाई गालि, भोट सुर्य रुखमै !

शुक्रवार , मंसिर २१, २०८१

 
टक खाती, काठमाडौँ । स्थानीय तह निर्वाचनको मध्यावधि जनमत परीक्षणअन्तर्गत ४४ पद (जिसस प्रमुखसहित)मा भएको उपनिर्वाचनमा पुराना दलको वर्चस्व देखिएको छ ।
 
मंसिर १६ गते भएको स्थानीयत तहको उपनिर्वाचन अन्तर्गत केही ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र, राप्रपासहितकाले चुनौती दिने भन्दै उम्मेदवारी खडा गरेका थिए । तर, ४४ मध्ये ३८ पदमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । 
 
कांग्रेसले १६ वटा वडा जितेको छ, माओवादीले ६ वटा र एमालेले ५ वटा वडा जितेको छ । जसपाले २, रास्वपा, एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले १\१ वडा जितेका छन् । यो मतपरिणामले नयाँ दलहरुलाई जनताले विश्वास नगरेको देखिन्छ ।उपनिर्वाचनले ठूला दलको संख्या यताउता गर्नेभन्दा ठूलो सन्देश दिएको देखिदैँन । एक्लाएक्लै चुनावमा होमिँदा पनि प्रमुख ३ दलबीच प्रतिस्पर्धा भएको छ । अर्थात जनताले उपनिर्वाचनमा पुराना दलप्रति नै विश्वास देखाएका छन् । 
 
मूलधारका पार्टीहरू कांग्रेस, एमाले, माओवादीलाई नै जनताले विश्वास गरी मतदान गरेको देखिएको विष्लेषण पनि हुन थालेको छ ।  नेपालमा वैकल्पिक शक्तिका नाममा धेरै शक्तिको उदय भयो । कांग्रेस एमालेले केही गरेनन् । अब पुराना दलहरुको हातबाट देशको विकास हुदैँन भन्दै पटक पटक नयाँ शक्तिको उदय हुन्छ । तर, ती शक्तिहरु लामो समयसम्म टिक्न सक्दैँनन् । २०७९ को मंसिर ४ गते भएको आम निर्वाचनमा पनि वैकल्पिक शक्तिको नाममा रास्वपाको उदयो भयो ।
 
हुन पनि पार्टी गठन गरेको ६ महिनामै रास्वपा संसदको चौथो ठुलो दल बन्न सफल भयो । तर, यो स्थानीय  तहको उपनिर्वाचनमा रास्वपाले एउटा वडामा मात्र जित हात पारेको छ । रास्वपाले कुनै वडामा ५० भोट समेत पाउन सकेन । यो निर्वाचनको नतिजाले नै देखाइसकेको छ की रास्वपालाई पनि जनताले विश्वास गरेनन् । आखिर किन कांग्रेस एमालेलाई बाइपास गर्नको लागि आएका वैकल्पिक शक्ति धेरै लामो समय सम्म टिक्न सक्दैँनन् ? 
 
वैकल्पिक शक्तिको नाममा कोही तराजु देखाउँदै आए त कोही घण्टी बजाउँदै । काठमाडौँको मेयरमा निर्वाचित बालेन्द्र शाहको सफलता पछि लौरो टेकेर आफूलाई विकल्प बताउनेहरु पनि सक्रिय नै छन् । तर, पछिल्ला तीन दशकदेखि विकल्पको नामले राजनीति गर्मिँदा पनि जनताले विकल्प किन पाउन सकेनन् त ? जनताहरुको बाँनी पनि अचम्मको छ । अघिपछि कांग्रेस एमालेले देश खोक्रो बनाइसके भन्दै खुबै गालि गर्छन । तर, चुनावको बेला भने सुर्य र रुखमा भोट हाल्छन् । 
 
जसले गर्दा वैकल्पिक शक्तिहरु छोटो समयमै बाइपास हुने गरेका छन् । नेपाली कांग्रेस र एमालेले देश चलाउन थालेको झन्डै ३५ वर्ष भइसक्यो । देशमा आमुल परिर्वतन आए । नेताहरु विलासी जीवन जिउने भए । तर, विडम्बना जनताको जिवनस्थरमा परिर्वतन आएन । नेपाल विकासको गतिमा आगाडि बढ्न सकेन । कांग्रेस एमाले देशको विकास गर्नतर्फ भन्दा पनि सत्ताको खेलमा चुरलुम्म डुबे ।
 
भ्रष्टाचारलाई न्युनिकरण गर्नतर्फ भन्दा पनि भ्रष्टाचारीलाई जोगाएर राखे । भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा नेपाल पर्दछ । जसको फलस्वरुप देशको विकास आगाडि बढ्न सकेन । देशको विकास गर्नु त परै जावस् उल्टै देशका भू भाग बेच्नमा नेपाली कांग्रेस एमालेका नेताहरु लागे । कतिपय कांग्रेस एमालेका नेताहरुलाई राष्ट्रघाती देखी भ्रष्टाचारीको ट्याग लागेको छ । चुनावको बेला मात्रै ठुल ठुला आश्वासन दिएर सत्तामा पुग्ने । र, सत्तामा पुगेपछि आफूले चुनाव जितेको क्षेत्रमा पाइला समेत नटेक्ने नेताहरुको प्रवृति छ । उदाहरणका लागि शेरबहादुर देउवालाई लिउँ न ।
 
संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जुन सातौँ पटक प्रधानमन्त्री बन्ने लाइनमा छन् । यदिकांग्रेस एमालेको गठबन्धन सहमति अनुसार ०८४ सम्म गएमा देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने निश्चित नै हो । देउवा डडेल्धुराबाट लगातार चुनाव जित्दैँ आएका छन् । गत निर्वाचनमा पनि देउवाले डडेल्धुराबाटै चुनाव जितेका हुन् । चुनाव जितेसके पछि हालसम्म देउवाले डडेल्धुरामा एक पटक मात्र पाइला टेकेका छन् ।
 
त्यहि पनि ०८४ को निर्वाचन बनाउन देउवा डेडल्धुरा पुगेका हुन् । डडेल्धुराका जनताहरुले चरम समस्या खेप्नु परेको छ । गर्मीयाममा पानी नपाएर तड्पिनुपर्छ भने वर्षायाममा खोलामा पुल नहुँदा अकालमै ज्यान गुमाउनु पर्छ । स्टेचरमा विरामीलाई बोक्नको समेत बाटो छैन । अब हेर्नुहोस् त पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको गृह जिल्लाको अवस्था त यस्तो छ भने अन्य विकट जिल्लाका जनताहरुको अवस्था कस्तो होला ? ३५ वर्षसम्म सत्ता वरपर रहेर पनि विकासको नाममा सिन्को नभाचेपछि अब भने कांग्रेस एमालेप्रति जनताहरुले आश मारिसेका छन् । त्यहि भएर जनता एमाले कांग्रेसको विकल्प खोजिरहेका छन् । 
 
पछिल्लो समय जनता नेताहरुप्रति यति सम्म आक्रोशित छन् की जहाँ देख्यो त्यहीबाट लखेट्न सम्म तयार छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यस वर्षको टुँडिखेलको गौरा पर्वको कार्यक्रममा पुगे । तर, त्यहाँ युवाहरुले ओली र देउवाविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई चोरको संज्ञा दिँदै देश छोड्न पनि चेतावनी दिएका थिए ।
 
दुवै नेताविरुद्ध ‘मुर्दावाद’सहित आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आपत्तिजनक नारासहित विरोध गरिएपछि दुवै नेताले त्यस दिन छोटो भाषण गरे । देउवाले त मञ्चबाटै नाराबाजी गर्नेलाई अराजकको संज्ञा दिएर आक्रोश पनि पोखे । ओलीले भने युवाहरूमा संस्कृति विरोधी गतिविधि बढेको गुनासो गरेर त्यहाबाट हिडे । 
 
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बोलन साहको लोकप्रीयता जति हाल कुनै पनि दलका नेताहरु छैन । ओली र बालेनबीच सोसल मिडियामा वार चल्दा मेयर बालनका फ्यानहरुले ओलीको खेदो खनिरहेका छन् । कुनै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली र बालेन उपस्थित भए । उक्त कार्यक्रममा बालेन पक्षमा नारा लाग्छ भने, ओलीलाई युवाहरुले टेर्दैनन् । 
 
तर, किन जनताहरुले एमाले कांग्रेसको विकल्प चाहेर पनि यी दुई दल जिवित छन् ? त्यसको मुख्य कारण हो एमाले कांग्रेस संगठनमा बलिया दल हुन् । गाउँदेखि सिंहदरबारसम्म एमालेका कार्यकर्ता छन् । अर्थात, एमाले कांग्रेसका कार्यकर्ता नभएको कुनै ठाउँ छैन । प्रहरी प्रशासनदेखि न्यायालयका न्यायमुर्ती, संवैधानिक निकायसम्म एमाले कांग्रेसकै कार्यकताले स्थान पाएका छन् ।
 
अझँ भन्ने हो भने अव त वडा कार्यकालयमा कार्यालय सहयोगिको जागिर खान पनि एमाले कांग्रेसको कार्यकर्ता हुनुपर्ने अवस्था छ । चुनावको बेला ८० वर्षका वृद्धाहरुको मुखबाट सुनिन्छ की, ‘देशको विकास गरुन या नगरुन जिन्दगी भर सुर्य रुखमा भोट हाले, अब मर्ने बेला अन्य चिन्हमा कसरी भोट हालौँ त्यहिभएर पहिलादेखि भोट हाल्दैँ गरेको पार्टीलाई नै भोट दिन्छौँ ’ 
 
२०४६ यता संसदको सवै भन्दा ठुलो दल कहिले कांग्रेस बन्छ त कहिले एमाले ।  २०६४ सालको निर्वाचनमा कांग्रेस एमाले ठुलो दल बन्ने होडमा ब्रेक लागेपनि त्यसपछिका निर्वाचनमा भने यो होडले फेरि निरन्तरता पाएको छ । कांग्रेसले देशका नदिनाला बिचिसक्यो भने एमाले काण्डै काण्डको पार्टी भनेर परिचित छ । पटक पटक सरकारको नेतृत्व गरे पनि देश र जनताको अवस्था नफेरिएपछि यी दुई दललाई नसराप्ने सायद कमै होलान । तर, पनि चुनावमा भने यीनीहरुलाई भोट दिन्छन् । अनि कसरी हुन्छन् एमाले कांग्रेस बाइपास ? 
 
 बहुदलपछि कांग्रेस एमालेको निर्वाचन नतिजा
 
२०४६ साल चैत्र २६ गते निरङकुश पञ्चायती व्यवस्थाको अन्त्य भएपछि मुलुक संवैधानीक राजतन्त्रमा गयो । त्यसको दुई वर्ष अर्थात २०४८ सालमा आम निर्वाचन भयो । २०४८ यता सात वटा निर्वाचन भएका छन् । जसमध्ये कांग्रेसले २०४८ र २०५६ सालमा बहुमत प्राप्त गर्दा एमालेले भने अहिलेसम्म बहुमत ल्याउन सकेको छैन । 
 
यता नेपाली कांग्रेसले २०१५ सालको निर्वाचनमा पनि दुई तिहाई बहुमत ल्याएको थियो । निर्वाचनको सन्दर्भमा नेपालको इतिहासमा बहुमत ल्याउन सक्ने एक मात्र पार्टी हो नेपाली कांग्रेस । अब २०४८ यता कै निर्वाचनको नतिजालाई हेरौँ । किन भने त्यसयता देखि नै कांग्रेस एमालेको वरिपरि सत्ताको चाबी घुमिरहेको छ । कांग्रेस एमाले मूख्य प्रतिस्पर्धी दलमा छन् । २०४८ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसले ११० सिट जित्दै बहुमत पाउदाँ नेकपा एमालेले ६९ सिट मात्रै ल्याएको थियो । 
त्यसपछि २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भयो । त्यसबेला भएको कुल दुई सय पाँच सदस्यीय प्रतिनिधिसभाको
 
निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । तर, यस निर्वाचनमा कांग्रेसलाई उछिनेर एमालेले ८८ सिट जित्दै संसदको सबै भन्दा ठुलो दल बन्यो । यता कांग्रेस भने ८्र३ सिटमा खुम्चियो ।  त्यसपछि विसं २०५६ सालमा भएको प्रतिनिधिसभाको तेस्रो निर्वाचनमा कांग्रेसले १ सय ११ सिट जित्दै पूनः बहुमत ल्याउन सफल भयो । यता अघिल्लो निर्वाचनमा संसदको सबैभन्दा ठुलो दल बनेको नेकपा एमाले ७१ सिटमा झर्यो ।  यसबीचमा विस २०६१ माघ १९ गते तल्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम रहेको भन्दै राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर शासन आफ्नो हातमा ल्याए । 
 
त्यसपछि ०६२\६३ को जनआन्दोलनले तत्कालनि राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउदैँ देश गणतन्त्रात्मक शासन व्यवस्थामा गयो । र, २०६४ साल चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो । यसै निर्वाचनदेखि नेपालमा प्रत्यक्षसंगै समानुपातिक निर्वाचन प्रणाली पनि अपनाइएको हो ।  दशवर्षे सशस्त्र सङ्घर्ष गरेर शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन माओवादी पार्टीले निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याएको थियो ।
 
तर, समानुपातिकतर्फको मत परिणामपछि भने कुनै पनि दलको बहुमत पुगेन । कूल ६०१ सदस्यीय संविधानसभामा २ सय ३८ स्थानमा विजय हासिल गरेर माओवादी सबैभन्दा ठूलो दल बनेको थियोे भने कांग्रेसले ११५ र एमालेले १०८ सिट जित्दै क्रमशः दोस्रो र तेस्रो ठूलो पार्टी बनेका थिए । संविधानसभा संविधान जारी गर्न नसकी विघटन हुन पुग्यो । त्यसपछि २०७० साल मङ्सिर ४ गते दोस्रोपटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । ६ सय एक सदस्यीय संविधानसभामा कांग्रेसले २०६ स्थान हासिल गरी सबैभन्दा ठूलो दल बन्दा एमालेले १८४ सिट ल्यायो ।
 
यता पहिलो संविधानसभाको निर्वाचनमा पहिलो दल बनेको माओवादी भने तेस्रो दलमा खुम्चियो । त्यसपछि विसं २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भयो । सो संविधान कार्यान्वयनका सन्दर्भमा २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा मुलुकमा पहिलो पटक सङ्घीय संरचनासहितको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भयो । कूल २ सय ७५ सदस्यका लागि भएको निर्वाचनमा माओवादीसँग गठबन्धनको फाइदा उठाउदै एमाले १ सय २१ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो भने कांग्रेस ६३ सिटसहित दोस्रो ठूलो दल बन्यो ।
 
त्यसपछि ०७९ मंसिर ४ गते भएको निर्वाचनमा ८९ सिट ल्याउदैँ कांग्रेस पहिलो दल बन्दा एमाले ७८ सिट ल्याएर दोस्रो दल बनेको छ । अब माथिको निर्वाचन मत परिमाणले के देखाउँछ भने, एमाले दुई पटक मात्र संसदको सबै भन्दा ठुलो दल बनेको छ भने कांग्रेस २ पटक बहुमतसहित ४ पटक ठुलो दल बन्न सफल भएको छ । 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार