बुधवार, आश्विन २८ गते २०८३

यस्तो रहनेछ आजको मौसम

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू‍-भागमा आंशिक देखि साधारणतया बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार