मंगलवार, आश्विन १३ गते २०८३

लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो । 

पावरप्लेमा खराब शुरूआत गरेको लुम्बिनीलाई बलियो स्थितिमा पुर्‍याउन कप्तान रोहित पौडेल र साद बिन जाफरले सानदार ब्याटिङ गरे ।

पौडेल र जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरूले टिमलाई बलियो स्कोरमा पुर्‍याएका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार