आइतवार, श्रावण २४ गते २०८३

रविको ढाल बने प्रचण्ड : एमाले-कांग्रेसलाई ठुलै धक्का !

मंगलवार , मंसिर २५, २०८१

काठमाडौँ । यतिबेला सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन् । 

रविलाई ठाउँ ठाउँमा पक्राउ पुर्जी जारी हुनु र मध्यरातमा एक ठाउँबाट अर्को ठाउँ लगेपछि सरकारको आलोचना भइरहेको छ । रविलाई पक्राउ गर्दा सरकारको पक्षमा उभिएकाहरु नै पछिल्लो समय सरकारको विपक्षमा उभिएका छन् । 

यसैबीच रवि लामिछाने प्रकरणमा अब राजनीति पनि मिसिएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने रविको ढाल नै बनेका छन् । आज चितवन पुगेर प्रचण्ड रविको पक्षमा खुलेर नै उभिएका हुन् ।  प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको दाबी गरेका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको बताए ।

अध्यक्ष प्रचण्डले उनीहरुले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको बताए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको दावी गरे ।

 ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुप¥यो ? छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि, रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनप¥यो । सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं । साथै विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा हामी काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’, रविको बचाउ गर्दै प्रचण्डले भने । 

प्रचण्डले आइतबार पनि एक स्टाटस लेख्दै सरकारको आलोचना गरेका थिए । उनले फेशबुकमा लेखेका थिए, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

रविको पक्षमा अहिले पूर्वप्रधानमन्त्री बावुराम भट्टराई, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायत उभिएका छन् । विपक्षी दलका सांसद मात्र नभइ सत्ता पक्षकै सांसद शेखर कोइराला र सुनिल शर्मा रविको पक्षमा उभिएका छन् । 

सुनिल शर्माले रविमाथि सरकारले प्रतिसोध साँधेको भन्दै आलोचना गरे । त्यस्तै उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने, ‘हिजो जीवी राई खोइ भन्दै हामीलाई सदनमा नाराजुलुस गर्न लगाउने, अहिले नसमात्ने’, । सत्ता पक्ष र विपक्षी दलहरुले रवि पक्राउ प्रकरणबारे विरोध गर्न थालेपछि एमाले कांग्रेस झस्किएका छन् । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार