काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ । जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ ।