बुधवार, आश्विन १४ गते २०८३

एनपीएल : जनकपुरविरुद्ध १२३ रनमै अलआउट भयो सुदूरपश्चिम

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । उनी र सैफ अली जैबसँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । सैफ २१ बलमा २१ रनमा आउट भएका थिए ।

त्यसपछि ठूलो साझेदारी हुन नसक्दा सुदूरपश्चिम सस्तोमै रोकिएको हो । सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्रसिंह ऐरी ०, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार