काठमाडौँ । नेपाली कांग्रेसभित्र यतिबेला १५औं महाधिवेशनको तयारीमा नेताहरु निकै जुटेका छन् । ०८२ मा हुने भनिएको कांग्रेस महाधिवेशन अन्तर्गत कांग्रेसभित्र गुटको राजनीति फस्टाएको हो ।
आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवा दौडमा नहुने निश्चितजस्तै रहेका बेला अब कांग्रेसमा भावी सभापति को भन्नेमा आन्तरिक बहस तीव्र छ। यसका लागि भित्रभित्रै खुबै बहस र कसरत भइरहेको छ ।
यस विषयमा देउवाले बाहिरी रुपमा आफू सभापति नबन्ने प्रष्ट पारिसकेका छन् । तर, उनले अबको सभापतिमा कसलाई समर्थन गर्नेबारे मुख खोलेका छैनन् । तर, यहाँ रोचक त के छ भनेपछि १४ औँ महाधिवेशनमा एउटै गुटमा भएका गगन थापा र डा. शेखर कोइरालाबीच नै खटपट भएको छ ।
२०७८ को मंसिरमा भएको १४ औँ महाधिवेशनमा सभापतिका लागि देउवा र शेखरबीच कडा टक्कर भएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि देउवा र डा. कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा पाँच जना प्रतिस्पर्धी थिए। पहिलो चरणको मतदानमा देउवाले २२५८, कोइरालाले १७०२ ल्याएका थिए । तर, दोस्रो चरणमा शेखर विजयी हुने आँकलन गरिए पनि त्यसो हुन सकेन । पहिलो चरणमा सभापतिका उम्मेदवार बनेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएपछि देउवा सभापतिमा सहजै विजयी भए ।
देउवाले २७२४ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरेका थिए । त्यसबेला गगनले शेखरलाई समर्थन गरेका थिए । तर, अब शेखरलाई बाइपास गरेर गगन आफै कांग्रेसको सभापति बन्ने दाउँमा छन् । यदि शेखरकै गुटमा रह्यो भने सभापति बन्ने आफ्नो सपना पुरा नहुने गगनको ठहर छ । अब सभापति बन्नका लागि गगनले निकै खेल खेलिरहेका छन् । केही महिना अगाडिसम्म सबै भन्दा बढी देउवाको आलोचना गर्ने उनी अहिले भने चुपचाप छन् ।
किन कि देउवाले १५ महाधिवेशनमा साथ दिएपछि सभापति बन्न आफूलाई कसैले रोक्न नसक्ने गगनको ठम्माइ हो । त्यसैले उनी आजकल देउवा र देउवाकी पत्नि आरजु राणाको विरुद्धमा बोल्दैँनन् । उनी शेखर गुटबाट देउवाको खेमामा पुगिसकेका छन् । अहिले गगन देउवाका प्रिय पात्र बनेका छन् । देउवाले पनि पहिलाको भन्दा अहिले गगनलाई बढी महत्तव दिएको देखिन्छ ।
देउवाले पार्टीको बैठक होस् या सत्ता गठबन्धनबारे छलफल गर्न होस्, गगनलाई उक्त छलफलमा समावेश गरिहाल्छन् । अहिले गगनका मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र पनी हुन् गगन । गगन आफ्नो गुट भन्दा पनि देउवासँग मिलेपछि शेखर पनि आक्रोशित बनेका छन् । तर, गगनलाई भने देउवाको प्रीय पात्र बन्न पाउँदा हाइसञ्चो भएको छ । अहिले जसरी भएपनि देउवाको चाकडि गरेर १५ महाधिवेशनमा देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने गगनको ठुलो सपना हो ।
यता देउवाको खेमा पनि गगन जत्तिको आटिलो व्यक्ति अरु देखिँदैनन् । देउवालाई पनि आफूले कांग्रेसको नेतृत्व छाड्दा एउटा अब्बल व्यक्तिलाई नै दिने चाहाना छ । गगन भन्दा पनि आरजुलाई देउवा सभापति बनाउन चाहान्छन् । तर, आरजुलाई सभापतिको उम्मेदवार बनाएको खण्डमा आफ्नै पक्षका नेताहरुले पनि समर्थन गर्दैनन् भन्ने डर पनि देउवालाई छ ।
त्यसैले अहिलेको अवस्था हेर्दा गगनलाई सभापतिमा साथ दिएर आरजुलाई महामन्त्री बनाउने चाहाना देउवाको रहेको स्रोतको दावी छ । तर, ०८२ सम्म देउवाको मन बदलिन पनि सक्छ । यदि देउवाले गगनलाई सभापतिको उम्मेदवार बनाएको खण्डमा भने गगन कांग्रेसको भावी सभापति पनि बन्न सक्छन् ।