मंगलवार, आश्विन १३ गते २०८३

पोखराले काठमान्डुलाई दियाे १३९ रनको लक्ष्य

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै  दिनेश खरेलले  ३८ रन बनाए ।  सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे । दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७  रन मात्र बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार