बुधवार, आश्विन १४ गते २०८३

काठमान्डुले पोखरालाई हरायो, प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । स्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४।१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।६ खेलमा तेस्रो जित हात पारेको काठमान्डुले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमान्डु चौथो स्थानमा उक्लेको छ।

काठमान्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे । माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए । बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए । तर त्यही ओभरको अन्तिम बलमा आउट भए ।

यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिख खानले ३(३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए ।

जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार