काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालयमा पठनपाठन सञ्चालन हुन थालेको छ । कोरोना संक्रमण शुन्य भउको भन्दै जिल्लाको मेलौली नगरपालिकाका विद्यालय पुनःसञ्चालनमा ल्याइएको छ ।
नगरपालिकामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा कमी आउन थालेपछि विद्यालय पुनः सञ्चालनमा ल्याएका उनको भनाई छ ।
विद्यालय सञ्चालनमा ल्याएपनि कोरोना जोखिम कायमै रहेको हुँदा स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको नले बताए । कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको छ ।