बुधवार, आश्विन २८ गते २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

सोमवार , पौष १, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । राती भने देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार