बुधवार, आश्विन २८ गते २०८३

लमही–कोहलपुर खण्डमा बस दुर्घटना: २ जनाको मृत्यु

सोमवार , पौष १, २०८१

काठमाडौँ ।  दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार