बुधवार, आश्विन २८ गते २०८३

यस्तो रहनेछ आजको मौसम

मंगलवार , पौष २, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागे पनि दिउँसो देशैभरीको मौसम सफा रहनेछ ।

राती भने गण्डकीको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार