काठमाडौँ । एसीसी यू- १९ महिला एसिया कपमा आज नेपालले भारतको सामना गर्दै छ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा पुगिसकेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रँदै छ ।
नेपाली समयअनुसार आज बिहान पौने १२ बजे सुरु हुने खेलको नतिजाले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । पाकिस्तान भने लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एक खेल बाँकी हुँदै सुपर फोरमा पुगेको हो । समूह ए मा नेपालसहित भारत र पाकिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।
सोमबार आफ्नो पहिलो खेलमा नेपालले सुरुवाती ब्याटिङ गरेको पाकिस्तानलाई १०४ रनको लक्ष्यमा रोकेको थियो ।