काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार ‘ब्रेक’ छ । भोलि क्वालिफायर १ र एलिमिनेटर विजेताको टुङ्गो लाग्ने छ ।
भोलिको पहिलो खेल क्वालिफायर १ बिहान ९ः१५ बजे सुरु हुने छ, जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने–सामने हुनेछन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।
क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । हार्ने टोलीले भोलि दिउँसो १ः१५ मा हुने एलिमिनेटर विजेतासँग पर्सि प्रतिस्पर्धा गर्ने छ ।