आइतवार, आश्विन २५ गते २०८३

अध्यक्ष ओली एकताको बाधक बनेको नेपाल पक्षिय स्थायी कमिटी बैठकको निष्कर्ष

केन्द्रिय कमिटी बैठक सुरु

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने ठहर गरेको छ।  नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले सो ठहर गर्दै आफ्नो तर्फबाट एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ । 

बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बताए ।  उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि सोही ढंगले छलफल र निर्णय लिइने बताए ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उनको भनाइ छ । स्थायी कमिटी बैठक लगत्तै नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । स्थायी कमिटीमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित रहेको बताइएको छ । उनिहरु दुबै जना कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नआएको जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार