मंगलवार, आश्विन १३ गते २०८३

एनपिएल 'एलिमिनेटर'मा चितवन र कर्णाली भिड्दै, हार्ने टिम प्रतियोगिताबाट बाहिरिने

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा अब बुधबारबाट सुरु हुने ‘प्लेअफ’ चरणका खेलहरु सुरु हँदै छन्। दिनको पहिलो खेलमा ‘एलिमिनेटर’ चरणको खेल हुँदैछ। जहाँ हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ।

लिग चरणमा तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर अन्तर्गत बिहान ९ बजे टीयू मैदान कीर्तिपुरमा खेल हुनेछ।

क्वालिफायर २ मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुने छ। यो खेल जित्ने टोलीले फाइनल पुग्न अन्तिम प्रतिस्पर्धाको मौका पाउने छ। पराजित टोली प्रतियोगितामा चौंथो स्थानमा रहेर यात्रा अन्त गर्ने छ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार