मंगलवार, आश्विन १३ गते २०८३

ब्राजिलका स्टार भिनियस बने फिफा वर्ष खेलाडी

बुधवार , पौष ३, २०८१

काठमाडौं । ब्राजिल फुटबलका अहिलेका स्टार खेलाडी भिनियस जुनियर साल २०२४ को फिफा वर्ष खेलाडी बनेका छन् ।

रियल म्याड्रिडका फरवार्ड समेत रहेका जुनियनरलाई मङ्गलवार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।

यो अवार्ड जित्ने क्रममा गएको सिजनमा रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलको सहयोगीको भूमिका पनि निभाएका थिए । भिनिसियसले रियलका लागि स्पेनीस ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार