आइतवार, आश्विन २५ गते २०८३

प्रदेश सांसद वलीलाई मुख्यमन्त्री कार्यालयमा तीन दिनसम्म बन्धक बनाएको खुलासा

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको खुलासा गरेकी छिन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको खुलासा गरेकी हुन् ।

उनले विज्ञप्ति समेत जारी गरी मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको उल्लेख गरेकी छन् । नेपालगन्ज उपचारका लागि जान लागेको आफूलाई एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपालगन्ज पु¥याइदिने भन्दै घरमै आएर गाडीमा राखेर नेपालगन्ज नगई बुटवलतर्फ हुइँक्याएर मुख्यमन्त्रीको निवासमा लगेको सांसद वलीको आरोप छ ।

वलीले साउन १६, १७, १८, १९ र २० गते मुख्यमन्त्री निवासमा थुनेर राखिएको र १८ गते विज्ञप्ति लेखेर पढ्नै नदिई हस्ताक्षर गराई बाहिर ल्याएको बताएकी छन् । आफू २० गतेका दिन मौका छोपी ट्वाइलेटमा प्रयोग गर्ने चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यलय गएको पत्रकार सम्मेलनमा सांसद वलीले जानकारी दिइन् । पत्रकार सम्मेलनमा सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पारेकी छन् ।

bimala-oli.jpg

bimala-oli1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार