मंगलवार, आश्विन १३ गते २०८३

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

बुधवार , पौष ३, २०८१

काठमाडौं । इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाएपनि जित निकाउन सकेनन् । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार