आइतवार, श्रावण २४ गते २०८३

ओली सरकार ढल्ने संकेत : आरजु युरोपबाट सिधैँ दिल्ली !

बुधवार , पौष ३, २०८१

टक खाती, काठमाडौँ । युरोपेली देशहरूको भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा उतैबाट भारत जाने भएकी छन् । अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि राणा मंसिर २२ मा नेदरल्यान्ड्सको हेग प्रस्थान गरेकी उनी अहिलेसम्म युरोपमै छिन ।

उनले युरोपमै भेटघाट र घुमघाममा समय खर्च गरिरहेको देखिन्छ। यहाँ चासको साथ हेरिएको विषय भनेको, उनी उतैबाट भारतको नयाँ दिल्ली जाने भएकी छन् । दिल्ली पुगेपछि मात्रै मात्रै काठमाडौँ फर्किनेछिन्। स्रोतका अनुसार उनी केही दिनमा नयाँ दिल्ली प्रस्थान गर्नेछिन्। 

यद्यपि त्यसको औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतले उनको भ्रमणबारे टुङ्गो नलागेको दाबी गरेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणा लामो समयका लागि देशबाहिर गएकी थिइन्।

बीआरआई सम्झौतालाई कांग्रेसले खुलेर स्वागत नगरेको र पार्टीभित्र बहस झन् चर्काइएका बेला कांग्रेसबाटै परराष्ट्रमन्त्री बनेकी राणा चीनबाट फर्किएपछि २ सातासम्म देशबाहिर रहनुलाई अर्थपूर्णरूपमा लिइएको हो ।

यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन। कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ।

प्रधानमन्त्री ओलीले सुरुमा कांग्रेसलाई मनाउनको लागि बीआरआई अनुदान भएमात्र सम्झौता गर्ने बताएका थिए । त्यसपछि सत्ता गठबन्धनभित्रको विवाद केही समय सेलाएको थियो । तर, ओली चीनबाट स्वदेश फर्केपछि कुरा फेरेका छन् । ओलीले बीआरआई अनुदान या ऋण हुनसक्ने भन्दै कुरा फेरे । ओलीको बोलिबाट कांग्रेस चिडिएको छ ।

यता केही दिन अगाडि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट)ले ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका थिए । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई एक अन्तरवार्ता दिँदै उनले १५ दिनदेखि एक महिनाभित्र ओली सरकार ढल्ने दाबी गरेका हुन् । यसका लागि एजेन्सीले काम गरिरहेको समेत युट्युबमा प्रकाशित अन्तरवार्तामा उनले दाबी गरे । 

‘तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ ।’, उनले भनेका थिए । यसैबीच सत्ता गठबन्धनकी नायक मानिएकी आरजु युरोपबाट सिधैँ दिल्ली जाने भएपछि कतै ओली सरकार ढल्न लागेको हो की भन्ने विषयले प्रवेश पाएको हो । 

नेपालमा सरकार गठन हुँदा होस् या सरकार ढल्दा होस् भारतले निकै चासो राख्ने गरेको छ । सरकार ढलेपछि शिर्ष नेताहरुले नै विदेशी शक्तिको चलखेलबाट सरकार ढलेको भन्दै खुलेआम अभिव्यक्ति दिइरहेका हुन्छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार