काठमाडौं । चिसोबाट बच्न कोठामा कोइला बालेर सुतेका वीरेन्द्रनगर-४ भैरवस्थानका एकै परिवारका तीन जनामध्ये आमा र छोराको निस्सासिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती रहेका छन्। ९ वर्षीया छोरी रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतको उपचार कक्षमा उपचार भइरहेको छ।
बुधबार राति खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर उद्दार गर्दा उनीहरू अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए।