मंगलवार, आश्विन १३ गते २०८३

भोलि एनपीएल फाइनलः सुदूरपश्चिम र जनकपुरबीच ‘महा भिडन्त’, कसले जित्ला उपाधि ?

शुक्रवार , पौष ५, २०८१

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि कसले जित्छ ? भन्नेबारे भोलि टुंगो लाग्नेछ ।

एनपीएलको फाइनल खेल भोलि (सनिबार) टियू मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जुन खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुरको बीचमा ‘महा भिडन्त’ हुने भएको हो । 

लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेलेका थिए।  जहाँ सुदूरपश्चिम विजयी हुँदै सिधा फाइनलमा पुगेको थियो । त्यसैगरी चितवनविरुद्ध इलिमिनेटर जितेर आएको कर्णालीलाई त्यसपछि जनकपुरले दोस्रो क्‍वालिफायरमा हराएको हो ।

लिग चरणका सुरूवाती ४ खेलमा लगातार जित निकालेको जनकपुरले त्यसपछि एक खेल हार्दा एक खेल जितेर अन्तिम खेल हारेको थियो । त्यसैगरी सुदूरपश्चिमले सुरूवाती ३ खेल जितेपछि एक खेलमा पराजित भएको थियो । त्यसयता सुदूरले हार देखेको छैन । अब भोलि जसले जित हात पार्न सफल हन्छ उसै टोलीले पहिलो संस्करणको एनपीएलको उपाधि लग्नेछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार