मंगलवार, आश्विन १३ गते २०८३

एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

शनिवार , पौष ६, २०८१

काठमाडौं ।  नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्ने छन् । यसअघिको दुई भेटमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो ।

पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार