मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलको उपाधि जनकपुरले जित्यो, सुदूरपश्चिम घर फर्कियो

शनिवार , पौष ६, २०८१

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुरले जितेको छ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउदैँ जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको हो ।

जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेले । उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका सैफ अलि जैब, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए ।  त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३(३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिए ।

योसँगै जनकपुरले एनपीएलको ट्रफीसहित १ करोड १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार