सोमवार, श्रावण २५ गते २०८३

कश्यप एकेडेमीमा विज्ञान प्रविधि प्रदर्शनको उदघाटन : एआई र रोबोटको प्रयोग

शनिवार , पौष ६, २०८१

काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय  शिक्षा प्रदान गर्दै आईरहेको मैत्रीनगर-२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमीमा एआई र रोबोटको प्रयोग भएको छ । 

समसामयिक र एक्काइसौं शताब्दीको आवश्यकतालाई पहिचान गरी संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त अवधारणालाई साकार रूप प्रदान गर्न विद्यालयले एसएसई विज्ञान, प्रविधि, अध्यात्म र उद्यमशीलतालाई आफ़नो मौलिक अवधारणाको रूपमा अबलम्बन गरी सोही बमोजिम सिकाई प्रक्रिया अगाडि बढ़ाइरहको छ । 

मिति २०८१-०९-०६ गते शनिबार कश्यप एकेडेमीले कक्षा ४ देखी ९ सम्मका विद्यार्थीहरुले एआई र रोबोटसहित कक्षा ३ देखि नर्सरी कक्षाका विद्यार्थीहरुले पशु विषयवस्तुमा आधारित प्रदर्शन आयोजना गरेका छन् ।

विद्यार्थीहरूले निर्माण गरेका ड्रोन, स्मार्ट डोर लक, आरसी कार, अटोमेटिक सोयल इरिगेसन सीस्टम, कल्याप सीस्टम, आरसी प्लेन, एनाग्युरेसन बोट लगायतका एआई प्रयोग गरिएका प्रविधिहरू प्रस्तुत गरियको थियो ।  कार्यक्रमको उद्धाघटन पनि एनाग्युरेसनद्वारा रिबन काटेर गरिएको थियो । त्यस पछाड़ी सम्पूर्ण उपस्थित अभिभावक एवं अथितिहरूलाई विधार्थीहरूले निर्माण गरेको ड्रोनबाट पुष्पबृष्टि गरि स्वागत गरिएको थियो ।

9a739f4f-4075-40d0-99c4-369246b68194.jpg

42ba8ece-15ee-4fdd-a49a-97489ff52562.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार