मंगलवार, आश्विन १३ गते २०८३

बार्सिलोना एट्लेटिकोसँग पराजित

आइतवार , पौष ७, २०८१

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राती भएको खेलमा बार्सिलोना २-१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि खेलको ३०औं मिनेटमा पेड्रीले गोल गरेका थिए । ६०औं मिनेटमा डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । दोस्रो हाफको इन्ज्युरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार