बुधवार, आश्विन २८ गते २०८३

सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा

आइतवार , पौष ७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार