आइतवार, श्रावण २४ गते २०८३

कुशल र आसिफ एनपीएलमा फलप, राष्ट्रिय टिमको ओपनरमा यी ३ खेलाडीको नाम !

आइतवार , पौष ७, २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको स्वामित्वमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) नेपाली क्रिकेटका लागि नयाँ उचाइको कोशेढुंगा बनेको छ ।

स्टार विदेशी खेलाडीको आगमन र ठुलो रकमको कारोबारमा भएको एनपीएलले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याएको हो । एनपीएललाई अन्तर्राष्ट्रियकरण गर्न क्यानले ट्रफीमा सगरमाथाको आधार शिविर काला पथ्थरदेखि ल्याइएको ढुङ्गा राख्यो । यसले पनि एनपीएलको अन्तराष्ट्रिय स्थरमा पनि चर्चा भयो । 

एनपीएलले सुरुमा जस्तो चर्चा पायो । त्यो भन्दा झनै बढी चर्चा सुरु भएपछि दर्शकको उपस्थितिले पायो । टियू क्रिकेट मैदानमा दर्शक भरिभराउ मात्र भएनन् । टिकट नपाएपछि रुखको टुप्पोमा समेत चढेर दर्शकहरुले खेलको भरपुर मज्जा लिए । 

टीयु मैदानमा हरेक नेपाली युवा र नेपाली क्रिकेटर समर्थनको जुनखालको हौसला,समर्थन,माया देखियो । टीयूमा दर्शकहरुको उत्साह र चर्चित विदेशी खेलाडीले टियु मैदानमा खेल खेलेपछि देशभित्र मात्र नभइ विदेशमा समेत एनपीएल चासोको साथ हेरियो । अन्तराष्ट्रिय समाचार माध्यमहरुले पनि एनपीएललाई प्राथमिकतामा राखे ।

राष्ट्रिय टिमका खेलाडी अलग अलग टिमबाट मैदानमा उत्रिनुको मज्जा नै बेग्लै हुदो रहेछ । सिंगो राष्ट्रिय टिमलाई समर्थन गर्ने दर्शकहरु आठ टिममा विभाजित भए । आफ्नो टिमको प्रचारप्रसार देखि मैदानमा औधि माया समर्थन गरेर खेलाडीहरुलाई थप उर्जा दिए । यी विभिन्न कुराले गर्दा एनपीएल खुबै रोचक बन्न पुग्यो ।

विश्व क्रिकेटमा सबै भन्दा ठुलो लिग भारतले सञ्चालन गर्दै आएको छ । जुन लिगको नाम हो आइपीएल । यो लिगको चर्चा विश्वभर नै हुन्छ । भने, लिग सुरु भएपछि विश्वभरका क्रिकेट प्रेमीहरु हेर्छन । आइपीएलमा विश्वका चर्चित स्टार खेलाडीलाई किनिन्छ । र, यो लिगले विश्वभरका दर्शकको साथ पनि पाउँछ । जति आइपीएल सुरु हुँदा क्रिकेट प्रेमीहरुमा उत्साह छाउँछ  ।

एनपीएलले पनि नेपालीहरुमा त्यो भन्दा बढि उत्साह छाएको छ । सायद क्रिकेटलाई माया गर्ने देशहरुमा नेपाल पनि एक नम्बरमा नै पर्दछ । यसको पुष्टि नेपाली दर्शकहरुले नै गरिसकेका छन् । रुखको टुप्पोमा चढेर भएपनि क्रिटेक हेर्ने खेल प्रेमी सादय नेपालमै होलान् । समग्रमा भन्नुपर्दा एनपीएलले नेपालको क्रिकेटमा नयाँ युगको प्रारम्भ सुरु गरेको छ । र, एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ ।

एनपीएलले क्रिकेटमा नयाँ युगको सुरुवात गरेपनि नेपालका राष्ट्रिय टिमका ओपनहरु भने एनपीएलमा फलप भएका छन् । ओपनर लगायत राष्ट्रिय टिमका केही खेलाडी फलप हुँदा एनपीएलबाट थुर्पै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जितेका छन् । राष्ट्रिय टिममा पर्न नसकेका खेलाडीहरुले एनपीएलमा देखाएको उत्कृष्ट प्रदर्शनले उनीहरु राष्ट्रिय टिममा समावेश हुनसक्ने सम्भावन कायम छ । 

राष्ट्रिय टिमका ओपनर आसिफ र कुशल एनपीएलमा फलप, उनीहरुको विकल्प को ? 

नेपाली टोलीमा लामो समय ओपनर जोडीका रूपमा जमेका आसिफ शेख र कुशल भुर्तेल एनपीएलमा फलप भएका छन् । कुशलको ब्याटिङ नचल्दा त्यसको असर पोखरालाई पनि पर्यो ।

उनले दुई खेलमा रनको खाता नै खोल्न सकेनन् । ६ खेलमा ब्याटिङमा उत्रिएका कुशलले जम्मा ५४ रनमात्र बनाएर एनपीएलबाट बाहिरिए ।

कुशलको तुलनामा आसिफले अलि प्रदर्शन गरेपनि उनको प्रदर्शन पनि निराशजनक नै रह्यो । दुबै ओपनर फलप भएपछि एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेकाहरुले उनीहरुको स्थान लिन सक्ने आँकल गरिएको छ । 

यसअघिबाटै ओपनिङमा स्थान बनाएका अनिलकुमार साहलाई राष्ट्रिय टोलीमा ओपनिङ ब्याटरमा निरन्तरताका लागि नेपाल प्रिमियर लिगको प्रदर्शनले बल पुर्याउने छ।

अनिलपछि एनपीएलको ओपनरमा जमेका ब्याटर हुन् लोकेश बम। लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले कीर्तिमानी लक्ष्य पूरा गर्दा लोकेश प्लेअर अफ द म्याच बनेका थिए । 

त्यस्तै राष्ट्रिय टिमको ओपनरका लागि हेरिएको अर्को नाम हो दिनेश खरेल । विदेशबाट एनपीएल खेल्न नेपाल आएका नेपाली खेलाडी हुन् दिनेश खरेल । उनलाई राष्ट्रिय टिमको ओपनरको रुपमा हेर्न थालिएको छ । 

लिग चरणबाट अगाडि बढन् नसकेको पोखरा एभेन्जर्सका दिनेश खरेलले आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गरे । ७ खेलबाट खरेलले एक अर्धशतक सहित १६२ रन जोडे । प्रतियोगिताभर ८ छक्का र १७ चौका प्रहार गरे ।

ओपनिङ ब्याटर बनेर उनी पोखराको तर्फबाट सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बने । गुल्मीमा जन्मिएर २ वर्षकै उमेरमा न्युजिल्यान्ड गएका दिनेश एनपीएल खेल्न नेपाल आएका हुन् । उनले न्युजिल्यान्डमा घरेलु लिग खेल्ने गर्छन । एनपीएलको प्रदर्शनले अब उनलाई राष्ट्रिय टिममा पर्ने सम्भावना देखिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार