काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । त्यस्तै २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म ९ हजार ९९४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै हालसम्म संक्रमित भएका मध्ये ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका ८७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।