मंगलवार, आश्विन १३ गते २०८३

लिग लिडर लिभरपुलको सानदार जित

सोमवार , पौष ८, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले सानदार जित निकालेको छ । लिभरपुलले आइतबार टोटेनहमलाई ६-३ गोलले पराजित गर्दै लिगमा स्पष्ट ४ अङ्कको अग्रता लिएको हो ।

लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २, म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे। टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे ।

जित पछि लिभरपुलको‌ १६ खेलबाट ३९ अंक पुगेको छ । दोस्रो स्थानको चेल्सीको १७ खेलबाट ३५ अंक छ ।चेल्सीले आइतबार  एभर्टनसँग गोलरहित बराबरी खेलेको थियो । पराजित टोटेनहम भने २३ अंकका साथ ११ औँ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार