मंगलवार, आश्विन १३ गते २०८३

दिपेन्द्रले कारमा साढे १५ लाख कर छुट पाउलान् ?

मंगलवार , पौष ९, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएल प्रतियोगिताको सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै कार उपहार पाएका दिपेन्द्र सिंह ऐरीलाई कर छुट गर्न पहल गर्ने भएको छ ।

दिपेन्द्रले उत्कृष्ट खेलाडी बन्दै ओमोडाको ई ५ कार पुरस्कार पाएका थिए ।  सुदूरपश्चिम रोयल्स उपविजेताबन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका थिए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए ।

प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई ५ कार प्रदान गरेको छ । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ पर्छ ।

दिपेन्द्रले पाएको आयकर ऐनको दफा ८८ ‘क’ अनुसार कार पुरस्कारमा आकस्मिक लाभ कर तिर्नु पर्नेछ । जुन कर कारको पूरा मूल्यको २५ प्रतिशत हुन आउँछन् । यसो हुँदा दिपेन्द्रले १५ लाख ५० हजार कर तिर्नु पर्ने हुन्छ । यो रकमलाई तिर्न नदिन सरकारलाई पत्र पठाउने क्यानको तयारी छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार