मंगलवार, आश्विन १३ गते २०८३

लेस्टर विरुद्ध लिभरपुलको सहज जित

शुक्रवार , पौष १२, २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग इपीएलमा लिभरपुलले सहज जित निकालेको छ ।

बक्सिङ डे मा घरेलु मैलानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै तालिकाको शीर्ष स्थानलाई थप मजबुत बनाएको हो ।

लिभरपुलको लागि कोडी गक्पो, कार्टिक जोन्स र महोमत सलाहले गोल गरे भने लेस्टरको एकमात्र गोल जोर्ड आयुले गरे । जितसँगै लिभरपुलको १७ खेलबाट ४२ अंक भएको छ । पराजित लेस्टरको भने १८ खेलबाट १४ अंक सहित रेलिगेसन जोनमा झरेको छ ।

इपिएलमा गएतारी भएको अन्य खेलमा दोस्रो स्थानमा रहेको चेल्सीलाई फुलहमले पराजित गरेको छ भने म्यान्चेस्टर युनाईटेड उल्फसँग २–० ले पराजित भएको छ । अर्को खेलमा न्यु क्यास्टलले एस्टन भिल्लालाई ३–० ले हराउदाँ नटिंघम फरेस्ट विरुद्ध टोटनहम १–० ले पराजित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार