बुधवार, आश्विन १४ गते २०८३

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, सात दिन राष्ट्रिय शोक

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।  कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।

भारत सरकारले सिंहको निधनमा सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतको आर्थिक उन्नतिको शिल्पकारका रुपमा चिनिने उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ।

  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार