मंगलवार, आश्विन १३ गते २०८३

मोन्टी देसाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्ने पक्का

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाई हट्ने भएका छन् । देसाईको सम्झौता नहुने भएसँगै उनी हट्ने पक्कापक्की भएको हो । 

नेपाल क्रिकेट संघ (क्यान)का एक अधिकारीले भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी भएको पुष्टि गरे । देसाईसँगको सम्झौता सकिएको र राष्ट्रिय टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको परिस्थितिमा उनको सम्झौता नवीकरण नहुने भएको हो ।

देसाई २ वर्षदेखि नेपाली टिमको मुख्य प्रशिक्षक छन् । त्यसअघि उनले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।

राष्ट्रिय टिममा देसाईको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

तर पछिल्लो समय नेपाली टिमले खराब प्रदर्शन गरिरहेको छ । लिग २ अन्तर्गत मोन्टीको प्रशिक्षकत्वमा नेपालले पछिल्लो १२ खेलमध्य मात्रै २ खेलमा जित निकालेको छ । यसैगरी थप २ खेल नतिजाविहीन भएको थियो । ८ टोली सहभागी लिगमा नेपाल १२ खेलबाट ६ अंक जोडेर तालिकाको पुछारबाट तालिकाको दोस्रो स्थानमा छ ।

क्यानले नयाँ प्रशिक्षकको लागि गृहकार्य गरिरहेको छ । उच्च स्रोतका अनुसार नयाँ प्रशिक्षक पनि भारतीय नै नियुक्त गर्ने सम्भावना प्रबल छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार