काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । त्यहाँको विपक्षी दलले विहीबार दर्ता गरेको महाअभियोग प्रस्ताव शुक्रबार भएको मतदानबाट पारित भएको हो ।
महाभियोग प्रस्तावमा कुल १९२ सांसदले मतदान गरेका छन्। प्रस्ताव पारित गर्न १५१ भन्दा बढी भोट आवश्यक थियो। योसँगै उपप्रधानमन्त्री र अर्थ मन्त्री छोई साङ(मोकले कार्यवाहक राष्ट्रपतिको भूमिका सम्हाल्ने बताएका छन् ।
पूर्व राष्ट्रपति युन सुक(योलले छोटो समयका लागि घोषणा गरेको सैनिक शासनले ल्याएको गहिरिँदो राजनीतिक संकटका बीच यसले थप अप्ठ्यारा थपिएका छन् ।