मंगलवार, आश्विन १३ गते २०८३

एटलान्टा शीर्ष स्थानमा

आइतवार , पौष १४, २०८१

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा एटलान्टा शीर्ष स्थानमा यथावत रहेको छ । १ गोलले पछि परेको एटलान्टाले अन्तिम समयमा बराबरी गोल गर्दै तालिकामा १ अंक थपेपछि शीर्ष स्थानमा यथावत रहेको छ ।

शनिबार राति भएको खेलमा मार्को ब्रेशियानिनीले ८८औं मिनेटमा महत्वपूर्ण गोल गर्दै अटलान्टालाई लाजियोविरुद्ध १–१ को बराबरीमा रोक्न मद्दत गरे ।

पहिलो हाफमा घरेलु टोली लाजियोले उत्कृष्ट प्रदर्शन गर्दै २७औं मिनेटमा अग्रता लिएको थियो । निकोलो रोभेल्लाको लङ पासलाई फिसायो डेले–बासिरुले नियन्त्रणमा लिएर भित्र कट गर्दै भलीमार्फत गोल गरेका थिए ।  

लाजियोले खेलको अधिकांश समय दबाबमा राखे पनि अन्त्यतिर अटलान्टाले पुनरागमन गर्दै अंक बाँड्यो । अडेमोला लुकम्यानको पासमा ब्रेशियानिनीले नजिकैबाट गोल गर्दै एटलान्टालाई शीर्ष स्थानमा कायम राखे ।

यस नतिजापछि एटलान्टाको ४१ अंक पुगेको छ । जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा एक अंक बढी हो । लाजियो भने ३० अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार