काठमाडौँ । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मर्नेको संख्या कम्तीमा ६२ पुगेको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा ३७ जना पुरुष र २५ जना महिला भएको बताइएको छ । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।