बुधवार, आश्विन १४ गते २०८३

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

सोमवार , पौष १५, २०८१

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको सय वर्षको उमेरमा निधन भएको छ। उनी ३९औं राष्ट्रपति बनेका थिए। कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा काम गरेका थिए।

सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपति कार्टरको गएराति जर्जियाको प्लेन्समा निधन भएको हो। प्लेन्सस्थित आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महीनापछि उनले अन्तिम सास लिए। उनी र उनकी पत्नी रोजालिनले जीवनको अधिकांश समय यहि घरमा बिताएका थिए। रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार