आइतवार, आश्विन २५ गते २०८३

जसपाको महन्थ ठाकुर पक्षले आजदेखि अगुवा कार्यकर्ता भेला गर्दै

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आजदेखि अगुवा कार्यकर्ता भेला गर्दैछ। पहिलो दिन प्रदेश २ का बारा, सप्तरी, सिराहा र महोत्तरीमा आज भेला गर्ने तय भएको नेता केशव झाले जानकारी दिए।

चारै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई शीर्ष नेताले सम्बोधन गर्दैछन्। सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्दैछन्। सिराहामा अनिलकुमार झा, डा। सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन र महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्ने तय भएको छ।

यस्तै‚ बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अर्का अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्षले जसपाकै ब्यानरमा देशैभर अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ। भेला भदौ ९ सम्म देशका विभिन्न स्थानमा आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार