बुधवार, आश्विन १४ गते २०८३

एआईजी किरण बज्राचार्यको बिदाइ

सोमवार , पौष १५, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यको बिदाइ गरिएको छ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास हुन लागेकी बज्राचार्यको सोमबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो।  

बज्राचार्य गत साउन २२ गते काठमाडौँ उपत्यका प्रहरी कार्याशलय प्रमुखमा सरुवा भएकी थिइन्। यसअघि एसपी हुँदा भक्तपुर र एसएसपीमा ललितपुरको प्रहरी प्रमुख भइसकेकी बज्राचार्य काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी हुन्।

बज्राचार्य २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी हुन्। एआईजीसम्मै आफ्नो ब्याचबाट पहिलो लटमै उनी बढुवा हुँदै आएकी थिइन्। प्रहरी महानिरीक्षकको दाबेदार भएपनि सरकारले वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको थियो।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार