आइतवार, श्रावण २४ गते २०८३

एकीकृत समाजवादीमा जान ढुलमुले वामदेवका दुई सर्त

मंगलवार , पौष १६, २०८१

काठमाडौँ । पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जानको लागि निकै हौसिएका छन् ।पार्टीबाट राजीनामा दिएर पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग दुई सर्त राखेका हुन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार करिब एक घण्टा भएको भेटवार्तामा गौतमले आफ्नो सक्रिय भूमिका र संसदीय व्यवस्थाको विकल्प खोज्ने विषयमा छलफल चलाउनुपर्ने सर्त राखेका हुन् । 

नेपालसँग समय लिएर आलोकनगर पुगेका गौतमले सुरुमा एकीकृत समाजवादीमा सक्रिय भूमिकाको प्रस्ताव गरे । जवाफमा नेपालले ‘तपाईंलाई वरिष्ठ नेता दिने कुरा छ’ भने । गौतमले ‘काम गर्ने वरिष्ठ चाहिन्छ, मान खाने होइन’ भने । नेपालले सम्मानित नेता बन्ने त ? भन्ने प्रश्नमा गौतमले भने, ‘त्यो चाहिँदैन ।’ 

त्यसपछि दोस्रो विषयमा प्रवेश गरेका गौतमले संसदीय व्यवस्था असफल भएको निष्कर्ष सुनाउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा पार्टी उभिनुपर्ने सुझाए । 

नेपालले राष्ट्रपति प्रणाली पनि देखिएको भन्दै ‘राष्ट्रपति राष्ट्रघाती भयो भने के हुन्छ ? भन्ने प्रश्न गरेका थिए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय तत्काल एजेन्डा नबने पनि पार्टी बैठकमा विषय राख्न पाउनुपर्ने बताएका छन् । माधव नेपालले ती दुई शर्त मानेको खण्डमा भने उनी चाडैँ नेकपा एसमा सामेल हुनेछन् । 

नेकपा एमाले विभाजन हुँदा उनी भने कुनै खेमातर्फ लागेनन् । कम्युनिष्ट एकता हुनुपर्छ भन्ने धारणा राख्ने उनी नत ओलीसँग जम्न सके न माधवसँगै । एमाले फुटेपछि केही समय बरालिएर हिडेका गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, तर उनको यो अभियान पनि खासै अगाडि बढ्न सकेन ।

आफ्नो अभियान फलप भएपछि उनी एमालेमा पून जान चाहान्थे । एमालेमा जानको लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बारमबार छलफल गरे । तर, ओलीसँग कुरा नमिलेपछि उनी माधवसँग नजिकिएका हुन् । कुनै समय उनी एमालेका शक्तिसाली नेता थिए । तर, ढुलमुले बाँनीले गर्दा उनको राजनीतिक भविश्य नै तहसनहस भएको देखिन्छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार