आइतवार, श्रावण २४ गते २०८३

देशकै कान्छा न्यायाधीशको इजलासमा बहस : रवि छुट्ने पक्का !

मंगलवार , पौष १६, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा दर्ता भएसंगै धमाधम बयान चलिरहेको छ । 

जसअनुसार आज सूर्यदर्शन सहकारी ठगी प्रकरण अन्तर्गत पहिलो दिनको थुनछेक बहस सकिएको छ । आज दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको थियो ।

पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरे । सुजताको बहस सकिएको र शान्तीदेविको बयान बाँकी रहेको सेस्तेदार राजन खनालले जानकारी दिए ।

लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

कास्की जिल्ला अदालतमा तीन पक्षका वकिलहरुको जमघटले माहोल गर्माएको छ । देशकै कान्छा न्यायाधीश नीतिजको इजलासमा थुनछेक बहस आजदेखि सुरु भएको हो ।थुनछेक बहसपछि अभियुक्त पाँच जनालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउने वा छोड्ने भन्ने फैसला हुनेछ ।

पोखरामा हाल कानुन व्यवसायीहरुको कुम्भमेला नै लागेको छ । नेपालका एकसे एक नाम चलेका वकिलहरु यतिबेला पोखरामा छन् । जसमा वरिष्ठ अधिवक्तासुशील पन्तदेखि नारायण घिमिरे, मेघराज पोखरेल,हरि सुवेदी लगायतका छन् । उनीहरु लाछिानेसहितको मुद्दाको बहसका लागि पोखरा पुगेका हुन् ।

पूर्वगृहमन्त्री लामिछानेको पक्षमा सोविता गौतमसहित झण्डै एक दर्जनभन्दा धेरै वकिलहरु पोखरामा छन् । सरकारी पक्षका वकिलहरु पनि आधा दर्जन जति छन् भने सहकारी पीडित पक्षका वकिलहरु एक दर्जनभन्दा बढी छन् । 

दुइ महिना देखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेले कान्छा न्यायाधीश नीतिज राईको इजलासमा आफूलाई थुना बाहिर राखेर अदालतमा मुद्दा चलाइयोस् भन्दै माग गरिरहेका छन् । उनले सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै कसुर नगरेको भन्दै इन्कारी बयान दिँदै आएका छन् । 

रवि लामिछानेको हकमा भने उनले थुना बाहिरै बसेर मुद्धा लड्न पाउने गरि फैसला आउनेमा वकिलहरु ढुक्क छन् । संसदको चाथौँ दलको सभापति भएकाले उनी कतै भागेर जानसक्ने सम्भावना नभएकाले रवि धरौटीमा रिहा हुने उनी पक्षका वकिलको दाबी छ । 

सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोजन पत्रमा रविसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने मागदाबी गरिएको छ ।

रविका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने कुरा अभियोजनपत्रमा उल्लेख गरिएको  छ ।रविविरुद्ध मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार